नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नजिक

देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसै गरी, आज थप २ सय ७२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल २ हजार १ सय ८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ३५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर