संवैधानिक आयोगका पदाधिकारीको सपथग्रहण आज हुने

गत पुस ५ गतेकाे संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीकाे नियुक्तिका लागि सिफारिस गरेको पदाधिकारीको सपथग्रहण आज  विहान ९ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी गरााउनुभयो ।

परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेकाे थियाे ।

 साे बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको थियो । 

 त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस गरेको थियो । –रासस


ताजा खबर