आज थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको भएका छन् । 

कूल संक्रमित मध्ये ६४ दशमलव ९८ प्रतिशत पुरुष र ३५ दशमलव २ प्रतिशत महिला निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप २ सय ५९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । 

आज देशभर २ हजार ९ सय ४६ वटा नमुनाको परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै २ हजार ४ सय सक्रिय संक्रमित मध्ये ६८ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 


ताजा खबर