भारतमा कोरोना विरुद्धको खोपका लागि ३५ हजार करोड विनियोजन

भारतमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको लागि ३५ हजार करोडको बजेट विनियोजन गरिएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२१÷२२ का लागि बजेट भाषणको क्रममा कोरोना खोपका लागि उक्त बजेट विनियोजन गरिएको बताउनुभएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अर्थमन्त्री सीतारमणले उक्त बजेट सर्वसाधारणलाई कोभिड विरुद्धको खोपमा खर्चिने बताउनुभएको हो ।

भारतमा करिब ८० करोड ब्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइनेछ । जस अनुसार करिब ५६ हजारदेखि ७२ हजार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । कोभिड विरुद्धको खोप लगाउँदा प्रतिब्यक्ति सात सयदेखि नौ सय भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उक्त बजेटबाट ३८ करोडदेखि ५० करोड ब्यक्तिलाई खोप पुग्नेछ ।

खोप भारतको स्वास्थ्य बजेट १३७ प्रतिशतले वृद्धि गरेको बताउनुभएको छ । जस बमोजिम स्वास्थ्य बजेट दुई दशमलब चार लाख करोड पुगेको छ । –एएनआई


ताजा खबर