राष्ट्रिय महिला लिग : एपीएफको गोल वर्षा

एपीएफले चौदण्डीगढी नगरपालिकामाथि २२–० को विशाल अन्तरको जित हात पारेको छ । एपीएफको जितमा सबित्रा भण्डारी एक्लैले १२ गोल गर्नुभयो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय महिला लिग अन्तगर्त दिनको दोस्रो खेलमा एपीएफका लागि सबित्रा भण्डारीले १२, अनु लामाले पाँच, अनिता बस्नेतले हयाट्रिक गोल गर्नुभयो । सरु लिम्बु र रेणुका नगरकोटेले सामान एक एक गोल गर्नुभयो । नियमित गोलरक्षक घाइते भएपछि चौदण्डीगढीले आफ्नो स्ट्राइकर अञ्जना थुलुङलाई गोलपोष्टको जिम्मेवारी दिएको थियो ।

जितसँगै एपीएफ अङ्कतालिकाको शीर्षस्थानमा यथावत छन् । उसले छ खेलबाट १८ अङ्क बटुलेको छ । सबै खेल गुमाएर चौदण्डीगढी भने तालिकाको पुछारमा छ ।


ताजा खबर