कक्षा १२ को परीक्षाफल आज प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिनुभएको हो ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको बोर्डले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ गत मंसिरमा भएको थियो ।-रासस


ताजा खबर