नेताले शहीदका सपनालाई रुखमा झुण्ड्याउँछन्

~अर्जुन पराजुली

शहीद

तिनीहरुका देशमा पनि छन्

शहीद

मेरो देशमा पनि छन्

तिनीहरुका देशमा शहीदका सपना साकार पार्न

नेताले शहीदका सपनालाई रुखमा झुण्ड्याउँछन्

मेरो देशमा

आफ्ना सपना साकार पार्न

नेताले शहीदका सपनालाई रुखमा झुण्ड्याउँछन् ।


ताजा खबर