आज थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ३ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ३ हजार २२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार २५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर