‘जिन्दगी अनिश्चित छ, राम्रो काम गर्नू ‘: प्रा.डा.कोइराला

मेरो स्वास्थ्य लाभको कामना गर्नेहरू र मेरो ख्याल राख्ने मेडिकल टिमका लागि सधैँ धन्य हुनेछु

मेडिकल काउन्सिलका अध्यक्ष तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको पत्थरीको शल्यक्रिया गरिएको छ। गत बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको एक अस्पतालमा भर्ना गरिएको थियो।

आइतबार उनले आफ्नो मिर्गौलामा पत्थरी देखिएको फेसबुकमार्फत् जानकारी दिएका छन्।

‘मेरो व्यावसायीक जीवनमा पहिलो पटक मैले फोन उठाइनँ, अर्थात् उठाउन सकिँन। मैले यसलाई बन्द गरिदिएँ,’ उनले लेखेका छन्,’पछिल्ला तीन रात-दिन यता युरेटर (मिर्गौलाबाट मूत्र थैलीमा पिसाब जाने ट्युब) र किड्नीमा देखिएको चार मिलिमिटर लामो पत्थरले दिएको असह्य पीडासँग म संघर्ष गर्दै थिँए। मलाई पत्थरी भएको कहिल्यै थाहा पाइनँ।’

बुधबार बिहान २ बजेदेखि सहनै कठिन हुने दु:खाइ सुरू भएको उनले बताए। पत्थरीले पिसाबलाई रोकेको र इन्फेक्सन हुँदा मिर्गौलाले काम गर्न छाडेको डाक्टर कोइरालाको भनाइ छ।

‘सर्जन साथीले छिटोछिटो गरेका थिए: पत्थरलाई लेजर गरे, ट्युब खुला गरी पिसाब जाने बाटो खुलाइदिए। तर विषाक्त पदार्थ मेरो शरिरभरि थियो। म बलुनजस्तै भएको थिएँ। मलाई ठिक हुन डेढ दिन लाग्यो,’ उनले लेखेका छन्।

फेसबुकमा डाक्टर कोइरालाले बिरामी भएपछि आफूले केही पाठ पनि सिकेको उल्लेख गरेका छन्।

उनले जिन्दगी अनिश्चित भएकाले सधैँ राम्रो काम गर्न सुझाएका छन्। तपाईंका लागि साथीहरू र परिवारले गरेका प्रार्थना काम गर्छन्।

त्यस्तै आफ्नो स्वास्थ्यको कामना गर्नेहरू प्रति र मेडिकल जाँच गर्ने टोलीप्रति धन्य भइरहने बताए।

‘लेखेर वा मनबाटै मेरो स्वास्थ्य लाभको कामना गर्नेहरू र मेरो ख्याल राख्ने गज्जबको मेडिकल टिमका लागि सधैँ धन्य हुनेछु,’ उनले लेखेका छन्।

यस्तो छ डाक्टर कोइरालाको फेसबुक पोस्ट

This was the first time in my professional life I did not pick up my phone for 24 hours, and in fact could not. And then I came to senses to turn it off.

For last three nights and days I was struggling with the unbearable pain from two tiny 4 mm stones in my ureter and kidney. Never knew I had them.

Starting at 2 am Wednesday morning the pain was unbearable. Worse, the stone had completely blocked the urine and worst, of all, infection set in. My kidneys started to shut down.

Fellow surgeons were quick on acting: laser the stone, deploy a tube and ensure free passage of urine. But the effect of the toxins was all over the body. I was like a balloon. it took a day and half for me to recover: as fast as the downhill course;

Lessons for me:

*life is uncertain, do the right things;

*prayers and wishes of your friends and family most likely work;

*Remain thankful to all who wished me well in writing or in their own hearts and the fantastic medical team that took care of me.


ताजा खबर