राष्ट्रिय महिला लिग : पुलिसमाथि एपीएफको सहज जित

सबित्रा भण्डारीले हयाट्रिक गोल गरेपछि सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिसमाथि सहज जित हात पारेको छ । एपीएफले नेपाल पुलिसलाई ३–० ले हराएको हो ।

राष्ट्रिय महिला लिग अन्तगर्त बिहीबार सम्पन्न दोस्रो खेलमा पुलिसलाई हराएँदै एपीएफले अङ्क तालिकाको अग्रतालाई थप बलियो बनाएको छ । एपीएफले चार खेलबाट १२ अङ्क बटुलेको छ । दोस्रो स्थानको नेपाल पुलिस क्लबको पाँच अङ्क छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भण्डारीले खेलको ३२ औं, ५६ औं र ८४ औं मिनेटमा गरेर तीन गोल गर्नुभयो । नेपाल पुलिसले भने सशक्त प्रतिद्वन्दी एपीएफ समक्ष गोल गर्ने अबसर समेत बनाउन सकेनन ।

एपीएफले प्रतियोगिताको चौथो खेलपछि पनि एक गोल खाएको छैन् । चार खेलमा उसले १७ गोल गरेको छ । –रासस


ताजा खबर