‘मेरो देशमा जे गरेपनि छुट छ’

~ शोभा सिलवाल पाण्डे 

मेरो देशमा हेर आज जे गरेपनि छुट छ ।

बजार व्यवस्था अनुगमन नहुदा जताततै लूट छ।।

विगमाट‌ र भाटभटेनीकाे  चर्तीकला कसले बुझ्ने ।

पाइला पिच्छे मुल्य एउटा देखाइ,बिल अर्कै काटि लुट्ने।।

१४ सयकाे बिल टाँसि १६ सयकाे बिल काट्ने।

विगमार्ट र भाटभटेनीले कतिलाई ढाट्ने ।।

अदुवा किनेकालाई लसुनकाे मुल्य लिएर ।

मनोमानी गरेका छौ  ग्राहक दु:ख दिएर ।।

मुल्यको सहि व्यवस्थापन नहुदा पसल पिच्छे भाउ छ ।

कसो गरि चाडैं धनी बनौं भन्ने व्यापारीलाई दाउ छ ।।

१० वाटा पसल जाँदा १० थरिका मुल्य ।

बिचरा गरिब जनता जसरी पनि बाचिरहेछ धन्य ।।

मनोमानी सरकारले पनि मुल्य वृद्धि गरेको छ ।

दु:खि पिडित जनताकाे चुल्हो हेर निभेको छ ।।

१० महिना भयो थाल थाप्दै टुँडिखेल गाकाे ।

पशुपति र गाैशलामा जनताले भात खाकाे ।।

त्यही भात पनि काठमाडौंका मेयरले हटाइदिए ।

लाज भयाे रे उनलाई दयालु लाई पठाइदिए ।।

धन्य मेरि नेपालआमा यहाँ जसलाई जे गरेपनी छुट छ।

असहाय र निर्बल मन यहाँ कति टुट्छ ।।

व्यापारीले कर छली सामान भित्र्याएको छ ।

गिट्टी कुट्ने र ठेलावाला लाई सरकारले गिज्याएको छ ।।

१५ हजार लिटरकाे पानी खाने नेताले ।

सोझा जनता मरेका छन् पिर व्याथाले ।।


ताजा खबर