राष्ट्रिय महिला लिग : एपीएफको लगातार तेस्रो जित

सशस्त्र प्रहरी बल(एपीएफ)ले त्रिभुवन आर्मी क्लबमाथि २–० को जित हात पारेको छ । राष्ट्रिय महिला लिग अन्तगर्त मंगलबार सम्पन्न दोस्रो खेलमा एपीएफले आर्मीमाथि २–० को सहज जित हात पारेको हो । आर्मीलाई हराउने क्रममा एपीएफले लगातार तेस्रो जित हात पार्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा एपीएफका लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । एपीएफले तीन खेलमा कुनै गोल खाएको छैन् । एपीएफले भने प्रतियोगिताको आफ्नो तीन खेलमा १५ गोल गरेको छ ।

योञ्जनले खेल सुरु भएको २७ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाउनुभयो । सबित्रा भण्डारीको सहयोगमा एपीएफले दुबै गोल गर्न सफल भयो । भण्डारीले अतिरिक्त समयको दोस्रो मिनेटमा सरु लिम्बुलाई गर्नुभएको पासलाई लिम्बुले गोलमा परिणत गर्दा आर्मीमाथि एपीएफको २–० को जित दिलाउन पर्याप्त भयो ।

त्रिभुवन आर्मी अङ्कतालिकामा तेस्रो स्थानमा रहेको छ । एपीएफ भने दोस्रो स्थानको नेपाल पुलिसभन्दा स्पष्ट चार अङ्कको अग्रता कायम गरेको छ । –रासस


ताजा खबर