राष्ट्रिय महिला लिगमा चन्द्रपुरको विशाल जित

सबिता राना मगरले हयाट्रिय गोल गरेपछि चन्द्रपुर नगरपालिकाले चौदण्डीगढीमाथि ७–१ फराकिलो जित हात पारेको छ ।

राष्ट्रिय महिला लिग २०७७ अन्तगर्त सोमबार सम्पन्न खेलमा चन्द्रपुरले चौदण्डीगढीलाई हराउँदै लिगमा पहिलो जित हात पारेको हो ।

अञ्जना थुलुङ्गले सुरुवाती गोल गरेर चौदण्डीगढीलाई १–० को अग्रता दिलाउनुभयो । तर उक्त अग्रता लामो समय टिक्न सकेन । चन्द्रपुरका लागि दिलकुमारी राना मगरले दुई तथा रजनी ठोकर र सुनिता भोलानले एक एक गोल गरेपछि चन्द्रपुर विशाल अन्तरको जित हात पार्न सफल भयो ।

चन्द्रपुर यसअघि लिगको आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरी बल(एपीएफ)बाट ६–० को फराकिलो अन्तरले हार बेहोरेको थियो ।

मंगलबारका लागि निर्धारित पहिलो खेलमा वालिङगले नेपाल पुलिसको सामना गर्नेछ । दोस्रो खेलमा एपीएफले विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मीको सामना गर्नेछ । –रासस


ताजा खबर