थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमणबाट आज ४ सय १ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव १ प्रतिशत संक्रमित निको भईसकेका छन् । 

आज देशभर ४ हजार ८ सय ५८ वटा पिसिआर परीक्षण गर्दा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । 

कोरोना सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ११ पुगेको छ । 

हाल देशभर रहेका ३ हजार २ सय ४० सक्रिय सङ्क्रमितमध्ये १ सय ३७ जनाको आइसियु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर