गीतकार रमेश दहाल बने उत्कृष्ट गीतकार

गीतकार रमेश दहालले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् ।

राजधानीको पर्यटन बोर्डको सभा कक्षमा आयोजित सातौ नेसनल क्यापिटल अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट राष्ट्रिय भावको गीतकालागि अवार्ड प्राप्त गरेका हुन् ।

रमेशले ‘ए झण्डा तिमी सधै फर्फराउनु’ शिर्षक रहेको नेपाली झण्डाका बारेमा लेखिएको राष्ट्रिय भावको गीतका लागि अवार्ड प्राप्त गरेका हुन। राष्ट्रिय झण्डा नेपाली जनताको एकताको प्रतिक हो । विश्वमा धेरै झण्डाहरु माझ नेपाली राष्ट्रिय झण्डा सधै उच्च रहनुपर्छ भन्ने भावना गीतमा अभिव्यक्त गरिएको छ ।

सन्तोष श्रेष्ठको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन तथा भोला पौडेलको ध्वनी सम्पादनमा तयार गरिएको सो गीतमा रामकृष्ण ढकालको स्वर रहेको छ ।

नेपाली झण्डाले हरेक नेपाली बिचको सम्बन्ध कायम राख्न सक्नुपर्छ भन्ने सन्देश बोकेको सो गीतले नेपालको राष्ट्रिय झण्डालाई केन्द्रमा राखेर लेखिएको सो गीतले नेपाली झण्डाको शान अटल रहोस भन्ने कामना गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा क्यापिटल ईन्टरटेन्मेन्ट प्रा.लि. र शुभकामना मिडियाद्वारा आयोजित अवार्डको सातौ श्रृङ्खलामा विगत तीन दशकदेखि लगातार गीत लेखिरहेका गीतकार दाहालले यसपटक उत्कृष्ट राष्ट्रिय भावको गीतका लागि अवार्ड प्राप्त गरेका हुन् ।

अवार्ड कार्यक्रममा उपस्थि हुन नसकेका रमेशको अवार्ड तथा प्रमाणपत्र यसै गीतका सङ्गीतकार सन्तोष श्रेष्ठले बुझेका थिए । राष्ट्रिय भाव, आधुनिक तथा पप विधामा गीत लेख्ने लोकप्रिय गीतकार रमेश दाहाल यसअधिपनि थुप्रै राष्ट्रिय स्तरका साङ्गितिक अवार्डवाट सम्मानित भइसकेका छन् ।


ताजा खबर