राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी ७-० ले विजयी

विमला चौधरीले हयाट्रिक गोल गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई विशाल अन्तरले हराएको छ ।

राष्ट्रिय महिला लिगको पाँचौं खेलमा आर्मीले वालिङमाथि ७–० को फराकिलो अन्तरको जित हात पारेको छ ।

विमलाले खेल सुरु भएको १५ औं मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन ।

दीपा राईले २८ औं मिनेटमा आर्मीको गोल अन्तर दोब्बर पारिन । हाफटाइमको ठीक अघि शर्मिला थापाले आर्मीको अग्रतालाई तेब्बर पारिन ।

त्रिभुवन आर्मी त्यत्तिकैमा रोकिएन । दोस्रो हाफको ६६ औं र ७५ औं मिनेटमा विमला चौधरीले थप दुई गोल गर्दै आफ्नो हयाट्रिक गोल पूरा गरिन ।

विस्थापित हेमा चौधरीले ८९ औं र भुजङ्गा राईले ९२ औं मिनेटमा थप एक एक गोल गर्दा आर्मीले वालिङमाथि ७–० को जित सुनिश्चित गर्यो ।


ताजा खबर