प्रतिनिधिसभा विघटन विरुद्ध बहस जारी

 प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी छ ।

अघिल्लो सातादेखि विषयबस्तुमा केन्द्रित भएर निवेदकको तर्फबाट संबैधानिक इजलासमा बहस हुँदै आएको छ ।

गत शुक्रवार निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताहरुले मुद्धालाई राजनीतिक रुपमा मात्र हेर्न नमिल्ने भन्दै संबैधानिक हिसावले समेत गंभीर विश्लेषण गर्नुपर्ने जिकिर गर्नु भएको थियो ।

प्रतिनिधिसभा विघटनको विषय राजपत्रमा प्रकाशन हुनुपर्ने षिषय उठेपछि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजपत्र पेश गर्नु भएको थियो । बहस लामो हुन थालेपछि एकजनालाई ३० मिनेटको समय समेत निर्धारण गरिएको छ ।


ताजा खबर