थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप २ सय ३२ जना सङ्क्रमित भएका छन् ।

आज ३ हजार ५ सय ४१ वटा नमूना परीक्षण गर्दा १ सय ४१ जना पुरूष र ९१ जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ६९ हजार १ सय ८० जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ३ सय ८६ जना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ भने देश भरमा गरी ३ हजार ४ सय ५२ जना सङ्क्रमित निको हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ८ जनाको भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर