‘ सत्ते ! यस्तै चाहाना हुन्छ ‘

~ प्रतिमा श्रेष्ठ

मलाई तिमी नहुदा

सासै फेर्न गाह्रो लाग्छ

मुटुले कामै गर्न बिर्से जस्तो !

म रमाउछु तिमी संग ।

डर लागी रहन्छ, कतै

तिम्रो मन दुख्छ की भनेर

तिमीलाइ खुशी देख्दा म खुशि हुन्छु !

मान्छे हुँ गल्ती हुन सक्ला

म अगाडी नै तयार भै सकेको

हुन्छु तिमीलाइ रिझाउन

मलाइ रिसाउन भन्दा

फकाउन मज्जा लाग्छ ।

कोही आफ्नो छ जस्तो लाग्छ

जस्को आशु खुशीले मलाइ फरक पर्छ

सत्ते ! यस्तै चाहाना हुन्छ

मलाई पनि मलाई मेरै खोजि हुन्छ !

मुटुले चल्ने व्यबहारमा

मस्तिस्क नचले कती जाती हुन्थ्यो ।

मलाई तिमी चाहिन्छ

तिमी नै चाहिन्छ ,

भन्ने साथी पाए मुटु छुन्थ्यो

उ इस्वर भन्दा माथी हुन्थ्यो !


ताजा खबर