राष्ट्रिय महिला लिगका चार दिनका खेलहरु स्थगित

अखिल नेपाल फुटबल संघ एन्फाले महिला लिग अन्तर्गत चार दिनका खेलहरु स्थगित गरेको छ । चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका छन ।

शनिबार देखि मंगलबारसम्मका खेल स्थगित भएका छन । विहिबारबाट नियमित तालिका अनुसार नै खेलाइने भएको छ । स्थगित भएका खेलहरु पछि ब्यवस्थापन गरिने भएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिकापनि परिवर्तन हुने देखिएको छ भने मिती पनि लम्बिने संभावना रहेको छ ।

शनिबारदेखि विप्लव समुहले नेपाल बन्दको घोषणा गरेका कारण पनि शनिबारका खेल स्थगित भएको जनाएको छ ।

तालिका अनुसार शनिबार विभागिए टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाविच खेल हुने तालिका थियो । यस्तै अर्को खेलमा अर्को विभागिए टिम एपीएफ र विराटनगरविच खेल हुने तालिको थियो । तर दुबै खेल स्थगित भएका छन ।


ताजा खबर