‘निर्वाचनले देशको आगामी गन्तव्य निर्धारण गर्नेछ’

धानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले पटक/पटकका आन्दोलनको उपलब्धि तथा लोकतान्त्रिक अभ्यासको भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।

नेकपा निकट पेसाकर्मीहरूको भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनले देशको आगामी गन्तव्य निर्धारण गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन राजनैतिक दलहरूका परीक्षा समेत भएको हुनाले देशलाई सही दिशा दिन सक्ने राजनैतिक दललाई छनौट गर्न आम मतदातासँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको संविधान अनुसार प्रतिनिधिसभा पुनः स्थापना हुने सम्भावना नरहेको हुनाले अब निर्वाचनले मात्रै निकास दिन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना असफल बनाउने उद्देश्यले आफूलाई पार्टी र सरकारमा घेराबन्दी गरेपछि पछिल्लो राजनैतिक घटनाक्रम विकास भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको उन्नति देख्न नसक्ने व्यक्तिहरूको समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर गएको हुनाले आगामी दिनमा पार्टी थप सङ्गठित र सशक्त भएर अगाडि बढ्ने पनि बताउनुभयो ।


ताजा खबर