प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हेर्दाहेदैमा

प्रतिनिधिसभा विघटनविरुद्धको जारी सुनुवाई हेर्दाहेदैमा आइतबार हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानुन व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा आइतबार लाही तोकेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा निवेदक तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहनुभएको छ ।आजको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गर्नुभएको छ ।

संवैधानिक इजलासमा भइरहेको जारी बहसमा शुक्रबारपनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

यसअघि आजको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश गर्नुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाई गरिरहेको छ । –रासस


ताजा खबर