राष्ट्रिय महिला लिग : नेपाल पुलिस क्लब ६-० ले बिजयी

विभागीय टोली नेपाल पुलिस क्लबले चौदण्डीगढीलाई ६–० हराएको छ । राष्ट्रिय महिला लिग २०७७ को चौथो खेलमा विभागीय टोलिी पुलिस क्लबले चौदण्डीगढीलाई ६–० ले हराएको हो । लिगको पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीसँग बराबरी खेल्दै अङ्क बाँडेको थियो । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पुलिसका लागि रेखा पौडेल र सृजना खड्काले सामान दुई दुई गोल गर्नुभयो । अमृता जैसी र निर्मला विकले एक एक गोल गर्दा पुलिस ६–० को विशाल अन्तरको जित हात पार्न सफल भयो ।

नेपालको लागि अन्तर्राष्ट्रिय स्पर्धामा समेत सहभागी हुनुभएकि रेखा पौडेलले खेलको २८ औं मिनेटमा पुलिसका लागि पहिलो गोल गर्नुभयो । ८९ औं मिनेटमा उहाँले ब्यक्तिगत् दोस्रो तथा पुलिसका लागि पाँचौं गोल गर्नुभयो । त्यसअघि अमृता जैसीले हाफ टाइम सकिन चार मिनेट बाँकी रहँदा गोल थपेर पुलिसको अग्रता दोब्बर बनाउनुभयो ।

सृजना खड्काले हाफ टाइम सकिनै लाग्दा ४५ औं मिनेटमा आफ्नो पहिलो गोल पुरा गर्दै पुलिसको अग्रता ३–० पार्नुभयो । अतिरिक्त समयमा खड्काले आफ्नो दोस्रो तथा पुलिसका लागि छैटाैं गोल गर्दै चौदण्डीगढीमाथि ६–० को जित सुनिश्चित गर्नुभयो । –रासस


ताजा खबर