३ नेत्र विशेषज्ञलाई भिजन एक्सिलेन्स अवार्ड

भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट डा. सन्दुक रुइतसहित ३ जना नेत्र विशेषज्ञ सम्मानित हुनुभएको छ । साथै,नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा.डा .रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले पनि भिजन एक्सिलेन्स अवार्ड २०२० प्राप्त गर्नुभएको छ । 

तिलगंगा अस्पतालको संस्थापक रहनुभएका डा. रुइत मोतिबिन्दु शल्यक्रियाका लागि प्रख्यात हुनुहुन्छ । डा. रुइत म्याग्सेसे पुरस्कार बिजेतासमेत हुनुहुन्छ । डा.रुइतले हजारौँ नेपाली र विदेशी नागरिकको गुमेको दृष्टि फर्काउनुभएको छ । उहाँले दृष्टि फर्काउने अभियान दुर्गमसम्म पुर्याउनुभएको छ । डा. रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ पदकबाट विभूषित गरिदैछ । । 

यसैगरी आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु्याउनुभएको छ भने नेत्रज्योति संघका संस्थापक डा. पोखरेल ‘आँखा बा’ को रुपमा चिनिनुहन्छ  । 

इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस(आईएपीबी)ले ३ जनालई उक्त अवार्ड प्रदान गरेको हो । आँखा स्वास्थ्य क्षेत्रमा खटिएका १०० जना व्यक्तित्वमा ३ जना नेपालबाट पर्न सफल हुनुभएको हो ।

शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले उहाँहरुलाई सम्मान गर्नुभएको हो । 


ताजा खबर