थप ३०२ मा कोरोना पुष्टि : ४८० जना संक्रमण मुक्त

देशभर पछिल्लो २४ घण्टामा थप ३ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ४ सय ८० जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।

देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ३ हजार ६ सय १४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म १ हजार ९ सय ८६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर