भारतले दिएको कोरोना भ्याक्सिन नेपाल आइपुग्यो

भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।

खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयल र भारतीय दूतावासले बुधबार मात्रै पत्रकार सम्मेलन गरी अनुदानको खोप बिहीबार आइपुग्ने जानकारी गराएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सो खोप भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

भारतले खोप कुटनीतिअन्तर्गत आफ्ना छिमेकीलाई अनुदानमा खोप वितरण गरेको छ । मालदिभ्स, बंगलादेश, नेपाल र भुटानले अनुदानमा खोप प्राप्त गरेका छन् ।


ताजा खबर