पूर्ब राष्ट्रपति ट्रम्प दम्पति ह्वाइट हाउसबाट बिदा भए

नयाँ राष्ट्रपति जो वाइडेनको सपथ ग्रहण समारोह सुरु हुनु केही घण्टा अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथममहिला मेलेनिया ट्रम ह्वाइट हाउसबाट बाहिरिनु भएको थियो ।

बाहिरिने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा थुप्रै सकारात्मक कार्य गरेको जानकारी दिँदै कुनै रुपमा हामी पुनःफर्कन्छौँ भनेर स्वागतार्थ उपस्थित ठूलो समूहलाई आश्वस्तपार्नुभएको थियो ।

उहाँले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो । त्यसपछि उहाँ पत्नी सहित विशेष विमान मार्फत फ्लोरिडा प्रस्थानगर्नुभयो ।

ह्वाइट हाउस छोड्ने क्रममा राष्ट्रपतिट्रम्पले टेबलमा एउटा सानो नोट छोड्नुभएको छ । त्यो नोटमा के लेखिएको छ भनेर अहिलेसम्म कसैले पनिभन्न सकेका छैनन् ।


ताजा खबर