राष्ट्रिय महिला लिगमा आर्मी र पुलिस गोलरहित बराबरीमा

राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल ०–० मा टुगिंएको हो ।

खेलको १२ औं मिनेटमा आर्मीका सपना लामाले गोलका लागि गर्नुभएको प्रयास विफल भएपछि आर्मी अग्रता लिने अबसरबाट चुक्न पुग्यो । दुबै टोलिले खेलको पहिलो र दोस्रो हाफमा गोलका लागि पाएको अबसरको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सम्पन्न भएको हो । बराबरीसँगै दुबै टोलि अङ्क बाँड्दै अङ्कतालिकामा खाता खोलेको छ

लिग अन्तगर्त बिहीबारको खेलमा एपीएफ र चन्द्रपुर नगरपालिका तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच स्पर्धा हुनेछन् । –रासस


ताजा खबर