थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार थप ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १२ वटा पिसीआर परिक्षण गर्दा २ सय ६ पुरुष र १ सय १२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै ३ हजार ६ सय ९३ संक्रिय संक्रमितमध्ये १ सय ६५ जनाको आइसीयू र ३३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।

आज कोरोना भाइरसका संक्रमित ३ सय ८३ जना निको भएका छन् । यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।


ताजा खबर