आज थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ३ सय ४८ जना संक्रमित भएका छन् ।

आज ४ हजार ९ सय ५६ वटा नमूनाको परीक्षण गर्दा २ सय १९ जना पुरूष र १ सय २९ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा हाल सम्म २ लाख ६७ हजार ९ सय ९२ जना संक्रमित भएका छन् ।

कूल संक्रमितमध्ये काठमाडौ उपत्यकामा मात्रै १ लाख २५ हजार १ सय ७९ जना संक्रमित भएका छन् भने काठमाडौं जिल्लामा मात्रै १ लाख २ सय ३२ जना संक्रमित भएका छन् ।

यसैगरी, आज थप ४ सय ४१ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

आज देशभरमा गरी ३ हजार ७ सय ६४ जना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय ६१ जनाको आईसियु र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी भाइरसका कारण आज थप ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म १ हजार ९ सय ६९ जनाको मृत्यु भईसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर