उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनु पर्नेमा गभर्नरको जोड

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सबैको ध्यान यति वेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेकाले कोभिडबाट समस्यामा परेका उद्यमी व्यवसायीका जायज मागहरूलाई सम्बोधन गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा गभर्नर अधिकारीले राष्ट्र बैङ्कले उपलब्ध गराएका पुर्नकर्जा लगायतका सुविधाहरूका सम्बन्धमा महासङ्घसँग सहकार्य गरी सातै प्रदेशमा सचेतनामूलक कार्यक्रम लैजाने बताउनुभयो ।महासङ्घले पुस मसान्तसम्म दिइएको कर्जाको साँवा ब्याज बुझाउने अवधि तीन महिना थप गरिदिन, व्यवसाय निरन्तरता कर्जाको प्रक्रियागत सरलताका लागि विशेष भूमिका निर्वाह गर्न लगायतका माग राखेको हो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सबैको ध्यान यति वेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेकाले कोभिडबाट समस्यामा परेका उद्यमी व्यवसायीका जायज मागहरूलाई सम्बोधन गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा गभर्नर अधिकारीले राष्ट्र बैङ्कले उपलब्ध गराएका पुर्नकर्जा लगायतका सुविधाहरूका सम्बन्धमा महासङ्घसँग सहकार्य गरी सातै प्रदेशमा सचेतनामूलक कार्यक्रम लैजाने बताउनुभयो ।

महासङ्घले पुस मसान्तसम्म दिइएको कर्जाको साँवा ब्याज बुझाउने अवधि तीन महिना थप गरिदिन, व्यवसाय निरन्तरता कर्जाको प्रक्रियागत सरलताका लागि विशेष भूमिका निर्वाह गर्न लगायतका माग राखेको हो । –रासस


ताजा खबर