प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस नसकिएपछि आजको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः मङ्गलवारका लागि तोकिएको छ ।

संवैधानिक इजलासको आजको सुनवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गर्नुभएको थियो ।

दुवै कानुन व्यवसायीले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएकाले राजनीति विषय भनेर विघटन गर्न नमिल्ने जिकिर दिनुभयो ।

आइतबार पनि रिट निवेदकका तर्फबाट अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिलकुमार पोखरेललगायतले बहस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि सो रिटमा अन्तिम सुनुवाइ गरिरहेको छ । –रासस


ताजा खबर