आज थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज ३ सय ७४ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ६१ हजार ८ सय १८ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै ३ हजार ८ सय ६१ सक्रिय संक्रमित मध्ये १ सय ६१ जनाको आइसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर