‘मिसियाद’ ले नेपाल-टर्की व्यापारमा योगदान गर्ने

टर्कीसहित विश्वका विभिन्न देशहरुमा १३४ वटा शाखा विस्तार गरेको टर्कीका उद्योगी व्यवसायीहरुको संगठन मिसियाद नेपालमा विस्तार भएको छ ।

विगत केही वर्षदेखि काम गर्दै आएको मिसियाद नेपालले औपचारिकरुपमै गतिविधिहरु सुरु गरेको हो । अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा रहेको मिसियाद नेपालको काठमाडौंमा बसेको बैठकले तदर्थ समिति हेरफेर गरेको छ । सदस्य सचिवमा विश्व बस्ताकोटीलाई चयन गरेको छ । नेपाल च्याप्टरमा १९ जना रहेका छन् ।

बैठकले नेपालमा दर्ता प्रक्रिया सुरु गर्दै नेपाल र टर्कीबीचको व्यापारिक सम्बन्धलाई थप प्रगाढ र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

मिसियादले यसअघि पनि विभिन्न जिल्लाहरुमा सामाजिक कार्य गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । –रासस


ताजा खबर