विधिको शासन कमजोर हुने गतिविधि नगर्न प्रमको आग्रह

 प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई  कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले  निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्‍याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले गरेका काम तथा निर्णयका बारेमा राष्ट्रपति पदको गरिमा र मर्यादा विपरीतको गतिविधि नगर्न समेत आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिका सबै निर्णय र कामहरू नेपालको प्रचलित कानुन अनुसार प्रधानमन्त्री वा मन्त्रिपरिषद्को सिफारिसमा भएको हुनाले त्यसमाथि उठेका सबै प्रश्नको जवाफ दिन आफु तयार रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र सधैँ विरोध मात्रै गर्ने र काम गर्नै नदिने गतिविधिका कारण कारबाही गरेर निकाल्नुपर्ने अवस्था आएका बेला केही व्यक्तिहरू आफै निस्किएर गएका हुनाले अब पार्टी समेत निर्बाध रूपमा अगाडि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र सधैँ विरोध मात्रै गर्ने र काम गर्नै नदिने गतिविधिका कारण कारबाही गरेर निकाल्नुपर्ने अवस्था आएका बेला केही व्यक्तिहरू आफै निस्किएर गएका हुनाले अब पार्टी समेत निर्बाध रूपमा अगाडि बढ्ने बताउनुभयो ।

सरकारले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका सबै लडाकु तथा घाइतेहरूको यथोचित सम्मान र व्यवस्थापनको व्यवस्था गर्ने बताउनुहुँदै  प्रधानमन्त्री ओलीले विगतको घटना र संलग्नता लाई लिएर विचलित नभई एकताबद्ध हुन सबै कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । –रासस


ताजा खबर