आज थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाईरसको सक्रमणबाट आज ४ सय जना निको भएका छन् ।

यो सँगै संक्रमणबाट नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगको छ । तथ्याङ्क अनुसार कूल संक्रमित मध्ये ९७ दशमलव ८ प्रतिशत संक्रमित निको भईसकेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ३ हजार ५ सय ८ वटा नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ७७ सहित २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

यस्तै कोरोना भाईरसका सक्रिय सक्रमित मध्ये १ सय ५७ जनाको आईसीयू र ३९ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण आज थप ५ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।


ताजा खबर