बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सम्मान र पुरस्कार प्रदान

बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्दम गरी राष्टिय
उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्दमीहरुलाई
उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई
प्रोत्साहन गर्न नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा
मन्त्रालयले सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो ।
श्रमिक भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएको

नेपाली नगरिक यस सम्मान तथा पुरस्कारकालागि योग्य ठहरिने
छ जस्ले विगत ५ वर्ष भित्रमा यस प्रकारको सम्मान तथा
पुरस्कार प्राप्त नगरेको हुनु पर्ने छ ।
विदेशमा काम गरी फर्केका उद्दमी राष्टिय सम्मान तथा
पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ को अनुसूची २ अनुसारको
आवेदन फाराम भरी खामबन्दी गरी मिति २०७७।१०।१९ गते
सम्म श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार
समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरी
इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ ।

आवेदन फारम र सो सम्बन्धी कार्यविधि मन्त्रालयको वेवसाइट
www.moless.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
निवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपि, श्रम
स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि,
व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको
प्रतिलिपि, आ व ०७६।७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र
यस अघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नु पर्ने छ ।


ताजा खबर