अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गएको जनवरी ६ मा अमेरिकी संसद क्यापिटोल भवनमा जस्तै हिंसात्मक घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै देशभरिबाट वासिङ्टन डिसीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

एफबीआईले ५० वटै राज्यका राजधानीहरुमा राष्ट्रपति डोनाल्ड ट्रप्पका समर्थकहरुले सशस्त्र प्रदर्शन गर्न सक्ने भन्दै सचेत गराएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडनको पद पहालीको केही दिन मात्रै बाँकी रहेकाले वासिङ्टन डिसीस्थित नेसनल मल बन्द गरिएको छ ।

राजधानी डिसीका सडक र गल्लीहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ । हिजो मात्रै प्रहरीले भर्जिनियाका एक पुरुषले २ वटा हाते बन्दुक र ५ सय ९ राउण्ड गोली अनधिकृत रुपमा सुरक्षा छली गरी लैजाँदै गरेको अवस्थामा फेला पारेको पुष्टि गरेको छ ।

वाइडनले भने कोरोना महामारीका कारण पद पहालीमा सर्वसाधारण र समर्थकहरुलाई वासिङ्टन नआउन पहिले नै आग्रह गरिसक्नु भएको छ ।- रोयटर्स


ताजा खबर