प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफ क्लवले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा एपीएफले प्रदेश एकलाई १३५ रनले हरायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि उसले ७१ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर आशिफ शेख अर्धशतक बनाएर आउट भए । उनले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । त्यसपछि सुवास खकुरेल १९ रनमा आउट भएपछि एपीएफले ९७ रनमा दोस्रो विकेट गुमायो ।

एपीएफका लागि कप्तान शरद भेषवाकरले २० रन बनाए भने प्रदिप ऐरी सात रनमा पेभेलियन फर्किए । जसका कारण एपीएफको एक सय ११ रन हुँदा चौथो विकेट गुमायो । यस्तै सुमित महर्जनले १४ रन बनाए ।

यस्तै बसन्त रेग्मीले ४० रन बनाए । तर पुछारका खेलाडी सस्तैमा आउट हुँदा एपीएफ रनमा अलआउट भयो । उसका लागि भुवन कार्कीले सात रन बनाउदा कमलसिंह ऐरी पाँच रनमा आउट भए । किशोर महतोले १९ रन बनाए । बलिङमा प्रदेश एकका फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवन यादवले दुई दुई विकेट लिए ।

जवाफमा प्रदेश एक ४२ ओभर ४ बलमा १०८ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । खराव सुरुवात गरेको प्रदेश एकले २८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५३ रनमा दोस्रो विकेट खेर फालेको उसले ७६रन बनाउँदा आठ विकेट गुमाएको थियो ।

प्रदेश एकका लागि दिपक पासवानले १३ रन बनाए भने मनिश थापाले १८, फिरदोस अन्सारीले १७ रनको योगदान गरे । यस्तै राजेश मगर तीन रनमा आउट हुँदा कप्तान सिद्धान्त लोहनी नौ रनमा आउट भए । उसको मध्यक्रमका सबै खेलाडी एकोहोरो रुपमा आउट भए ।

शुभंकर उराओ चार रनमा आउट हुँदा श्रवन यादव एक रनमा पेभेलियन फर्किए । यस्तै सोनु मण्डलले खाता खोल्न सकेनन् ।

बलिङमा एपीएफका अभिनाश बोहोराले पाँच विकेट लिए । उनले आफ्ना अन्तिम दुई ओभरमा चार विकेट लिएका थिए । यस्तै बसन्त रेग्मीले दुुई विकेट हात पारे । –रासस


ताजा खबर