थप २४० जनामा कोरोना संक्रमण पुष्टि

आज थप ४ सय ७७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

योसँगै नेपालमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६१ हजार ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ९७ दशमलव ८ प्रतिशत कोरोना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै आज देशभर ३ हजार ८ सय १९ वटा नमुना परीक्षण गर्दा २ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

४ हजार ५८ सक्रिय सङ्क्रमित मध्ये १ सय ६९ को आइसियु र ३८ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ५४ पुगेको छ ।


ताजा खबर