परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार विहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ ।

भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा पुगेर सिंहलाई भेट्नुभएको हो ।

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित हुनुहुन्थ्यो ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताउनुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्नुहूँदै सिंहले ‘भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिने ।’ उल्लेख गर्नुभएको छ । –रासस


ताजा खबर