कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान

औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ लाई कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागले गएको पुस २९ गते कोभिड–१९ विरुद्ध प्रयोगका लागि विश्वस्वास्थ्य संगठनले अनुमति प्रदान गरेका खोपको सूचीकरण र आपतकालीन प्रयोगका लागि दर्ता गर्ने प्रयोजनका लागि सूचना जारी गरेको थियो । –रासस


ताजा खबर