आज थप २७० जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ३ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

यो संगै नेपालमा हाल सम्म २ लाख ६० हजार ५ सय ६७ जना कोरोना भाइरस संक्रमणमुक्त भएको र निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप २ सय ७० जना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज ३ हजार ८४ वटा नमूना परीक्षण गर्दा १ सय ८० जना पुरूष र ९० जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ५ जनाको मृत्यु भएपछि नेपालमा हाल सम्म कोरोना संक्रमणका कारण मुत्यु हुनेको कूल संख्या १ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर