आज थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ४०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५०३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४०५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार १ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९४३ रहेको छ ।


ताजा खबर