सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकको नवौँ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा सम्पन्न भएको बै.कले जनाएको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर पारित गरेको छ । उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,००० मा आव २०७६/७७ को मुनाफाबाट ५ दशमलव २५ प्रतिशत बराबरको बोनस सेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, सभाले रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई संस्थापक शेयरधनीहरुबाट संचालक निर्वाचित गरेको छ ।


ताजा खबर