नेकपा अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा पार्टीको आधिकारिकताबारे पत्राचार

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पार्टीको आधिकारिकताबारे पत्र लेख्नुभएको छ ।

अध्यक्ष ओलीले आफू नेकपाको प्रथम अध्यक्ष भएको उल्लेख गर्दै त्यसबाहेकका व्यक्तिहरुले पठाएका विवरणलाई अभिलेखिकरण गर्न नमिल्ने बताउनुभएको छ । उहाँले पार्टीको विधानका आधारमा पत्राचार गर्न पनि आयोगको ध्यानाकर्षण गराउनुभएको छ । 

अध्यक्ष ओलीले दुई वर्षभित्र महाधिवेशन गर्ने सहमतिअनुसार २०७५ जेठ ३ मा पार्टी एकीकरण भएको भन्दै त्यसपछि स्वतः एकताको औचित्य समाप्त भएको पत्रमा लेख्नुभएको छ ।

नेकपाले निर्वाचनका कार्यक्रमलाई नरोक्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ। नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत नेताहरु बुधबार आयोग पुग्नुभएको थियो । –रासस


ताजा खबर