वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल

राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवर्धनका लागि मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको छ ।  

बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्धनका लागि श्रेष्ठलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौताअनुसार श्रेष्ठ बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी हुन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रवाह गरिरेको सेवाको बारेमा ग्राहकमा थप जानकारी दिएर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि ब्राण्ड एम्बासडरमा मिस नेपाल  नम्रता श्रेष्ठलाई नियुक्त गरिएको बताए ।

कार्यक्रममा मिस नेपाल श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्राण्ड एम्बासडर हुन पाउँदा खुसी लागेको बताइन् ।


ताजा खबर