थप ४३० जनामा कोरोना संक्रमण पुष्टि

थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ३ सय वटा पीसीआर परीक्षण गर्दा २ सय ५३ पुरुष र १ सय ७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । ३ सय ९० जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म ९७ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

देशभर रहेका ४ हजार ४ सय ८ सक्रिय संक्रमित मध्ये २ हजार २ सय ८० जना होम आइसोलेसनमा छन् । यस्तै १ सय ५७ जनाको आइसियु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमित ५ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ३२ पुगेको छ ।


ताजा खबर