‘सार्वभौम राष्ट्रको हैसियतमा नेपाल र भारत बराबर हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित र तटस्थ सम्बन्ध राख्न चाहेको बताउनु भएको छ ।

भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीलाई पुस २७ गते दिनु भएको बिशेष अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपालले छिमेकी मुलुकहरु भारत र चीनबीच कुनै कार्ड नखेल्ने स्पष्ट पार्नुहुँदै दुवै देशसँग सन्तुलित र तटस्थ नीति लिएको बताउनुभयो ।


प्रधानमन्त्री ओलीले नेपाल र भारत भूगोल र जनसंख्याको आकारमा ठूलो सानो भएपनि सार्वभौम राष्ट्रको हैसियतमा दुवै देश बराबर भएको प्रष्ट पार्नुभयो ।

सार्वभौमसत्ता सम्पन्न दुई देशका प्रधानमन्त्रीको हैसियत बराबरी भएको उल्लेख गर्दै त्यही अनुरुपको सम्बन्ध नेपालले छिमेकी मुलुक भारतसँग राख्दै आएको बताउनुभयो ।

डिएनए कार्यक्रमका लागि जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले लिएको प्रधानमन्त्री ओलीको अन्तर्वार्ताः

भिडियो सौजन्यः जी न्युज

ताजा खबर