सफल पाेखरा म्याराथन फागुन १ गते

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे १५ औं सस्करणको आगामी फागुन १ गते हुने भएको छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको हो ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्र र छात्रा तथा दृष्टिविहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरक मितिमा आयोजना हुने भएकाे छ ।

पोखरा म्याराथन अन्तर्गत हुने दृष्टिविहिनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते तथा ५ किलोमिटर छात्र र छात्रा दौड वैशाख ४ गते हुनेछ ।

प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशः २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्नेछन ।

त्यस्तै ह्विल चियर महिला र पुरुष तथा दृष्टिविहिन महिला र पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमशः ७, ५ र ३ हजार प्राप्त गर्ने छन भने १० किलोमिटर महिला र पुरुष तर्फ विजेत खेलाडीले क्रमशः रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र-छात्राको दौडमा विजेता खेलाडीले क्रमशः १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

पोखराको प्रतिष्ठित औधोगिक संस्था सफल दुधको मुख्य प्रायोजनमा हुने १५ औं सस्करणको पोखरा म्यारथन सम्पन्न गर्न करिव ५१ लाख खर्च हुने मञ्चले जनाएको छ ।


ताजा खबर